×

TUNGOON

नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु


काठमाडौं । भाद्र १ गते
अहिले नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । आज तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा बसिरहेको एमाले स्थायी कमिटि बैठकमा वरिष्ठ नेता माधव नेपाल पक्ष र बामदेव गौतम भने उपस्थित छैनन् ।नेपाल पक्ष विगतदेखि नै एमाले बैठकमा सहभागी भएको छैन । तर, पछिल्ला केही बैठकमा बामदेव गौतमले भने सहभागिता जनाएका थिए ।

तर, संसदमा साउन ३ गते प्रधानमन्त्री देउवाले विश्वासको मत लिँदा विपक्षमा मतदान गर्न ह्विप जारी गरेपछि गौतमले एमाले अध्यक्ष ओलीविरुद्ध अभिव्यक्ति दिएका थिए ।सरकारले संसद्को जारी अधिवेशन अन्त्य गरेपछि दल विभाजन गर्न सहज हुनेगरी अधयादेश ल्याउने भन्दै त्यसो गरे मान्य नहुने भनेर एमाले अध्यक्ष ओलीले सोमबार साँझ नै विज्ञप्ति जारी गरेका थिए ।आफ्ना पार्टीका सांसदहरूलाई दल छोडेर जान पटकपटक चेतावनी दिएका ओली संसद्को अधिवेशन अन्त्य भएपछि भने झस्किएका छन् । त्यसैले ओलीले स्थायी कमिटि बैठकपछि आजै संसदीय दलको बैठक डाकेका छन् ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला