×

TUNGOON

प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक


काठमाडौं । भाद्र १ गते
केही बेरपछि बस्ने गरी प्रधानमन्त्री शेरबहादुर देउवाले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाएको बालुवाटार निकट स्रोतले जनाएको छ । बैठक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन बोलाएको बुझिएको छ । सरकारले सत्ता गठबन्धनमा रहेको माधव नेपाल समूहलाई सरकारमा ल्याउन सरकारले अध्यादेश ल्याउन लागेको हो ।

सरकारले सोमबार मात्रै संसद अधिवेशन अन्त्य गरेर अध्यादेशको बाटो रोजेको हो ।सरकारले एमालेको माधव नेपाल पक्षको समस्या समाधानका लागि अध्यादेश ल्याउने तयारी गरे पनि यसको असर जनता समाजवादी पार्टी (जसपा( मा समेत पर्ने भएको छ ।

 


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला