×

TUNGOON

अध्यादेशबाट शासन चलाउने सोच भए समर्थन गर्न नसकिने नेपाली कांग्रेसका नेता डा. कोइरालाको चेतावनी


काठमाडौं । भाद्र १ गते
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अध्यादेशबाट शासन चलाउने सोच भए समर्थन गर्न नसकिने चेतावनी दिनु भएको छ । आज सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएपछि सामाजिक सञ्जाल मार्फत नेता कोइरालाले संसदबाट परिमार्जन र सुधारसहित बजेट पास गर्नेतर्फ सक्रिया देखाउनुपर्नेमा त्यसमा प्रधानमन्त्री चुकेको टिप्पणी गर्नु भएको हो ।

उहाँले सरकार सञ्चालनको सुबिधाको लागि राजनीतिक दल सम्बन्धि अध्यादेश ल्याईएको हुनसक्छ तर अध्यादेशवाट राजकाज चलाउने सोचको समर्थन गर्न नसकिने जिकिर गर्नु भएको छ । सरकारले संसदबाट परिमार्जन र सुधार सहित बजेट पास गर्ने तर्फ सकृयता देखाउनु पर्ने उहाँको भनाई छ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला