×

TUNGOON

प्रधानमन्त्री देउवाले दल विभाजन सम्बन्धी अध्यादेश विनाशर्त फिर्ता लिनुपर्ने एमालेका सचिव योगेश भट्टराईको भनाई


काठमाडौं । भाद्र १ गते
प्रधानमन्त्री शेरबहादुर देउवाले दल विभाजन सम्बन्धी अध्यादेश विनाशर्त फिर्ता लिनुपर्ने नेकपा एमालेका सचिव योगेश भट्टराईको भनाई छ । सरकारले दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेपछि प्रतिक्रिया दिंदै उनले राजनीतिक दलको विभाजनलाई सजिलो हुने गरी अध्यादेश जारीगर्नु मुलुकलाई अस्थिरता र अराजकतातिर धकेल्ने सुनियोजित षडेयन्त्र भएको बताउनु भएको छ ।

उहाँले विगतको फोहोरी राजनीतिक अध्यासबाट शिक्षा नलिनु र पुरानै गल्ती दोहोर्‍याउनु नेतृत्वको असफलता भएको भट्टराईले टिप्पणी गर्नु भएको छ । यस्तै पार्टी एकताका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले केही कदम पछाडि हटेर त्याग गर्नुपर्ने उहाँको भनाइ छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला