×

TUNGOON

अध्यादेश हिजो र आज जसले ल्याए पनि गलत भएको कांग्रेसका नेता गगन थापाको भनाई


 

काठमाडौं । भाद्र २ गते
अध्यादेश हिजो र आज जसले ल्याए पनि गलत भएको नेपाली कांग्रेसका नेता तथा केन्द्रीय सदस्य गगनकुमार थापाको भनाई छ । आज सामाजिक सञ्जाल मार्फत उहाँले संसद अधिवेशन हठात अन्य गरेर संसद छल्दै अध्यादेश ल्याउनु गलतभएको र हिजो गलत,आज गलत,सधैं गलत,जसले गरे पनि गलत भन्दै आलोचना गर्नु भएको छ ।

उहाँले हिजो ओलीले ल्याउँदा गलत भन्ने, त्यसको विरुद्धमा उभिने कसैलाई पनि आज समर्थन गर्ने हक नभएको र समर्थन गर्ने भए त्यतिवेला विरोध गरेकोमा सार्वजनिक माफी माग्नुपर्ने जिकिर गर्नु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला