काठमाडौं । भाद्र २ गते
आज सरकारले चीनबाट थप १६ लाख डोज खोप नेपाल ल्याउने भएको छ। दुई दिनमा १६ लाख डोज खोप ल्याउने तयारीका साथ निगमको जहाज आज बिहान ११ बजे चीन जाने तालिका रहेको छ। आज ८ लाख र विहीबार ८ लाख गरी १६ लाख डोज भेरोसेल खोप ल्याउन लागिएको हो। चीनले अनुदान स्वरुप दिएको कोरोनाविरुद्धको खोप लिन नेपाल वायुसेवा निगमको वाइडबडी जहाज चीन जाने भएको हो।
बुधबार गएको जहाज राती १२ बजे फर्कने तालिका रहेको छ । बिहीबार बिहान ७ बजे गएर राती ८ बजे फर्कने उडान तालिका रहेको निगमले जनाएको छ।