×

TUNGOON

सबै सकारात्मक शक्तिहरुलाई एकतावद्ध गरेर फेरि कम्युनिष्ट एकताको झण्डा उठाउने माओवादी केन्द्रका अध्यक्ष


काठमाडौं । भाद्र २ गते
सबै सकारात्मक शक्तिहरुलाई एकतावद्ध गरेर फेरि कम्युनिष्ट एकताको झण्डा उठाउने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भनाई छ । आज रामवृक्ष यादवको २७ ‌‍औँ स्मृति दिवसका अवसरमा पार्टी कार्यालय कोटेश्वरमा आयोजित कार्यक्रममा प्रचण्डले कम्युनिष्ट एकता गरिछाड्ने संकल्पबाट पछि हट्न नसकिने बताउनु भएको हो । उहाँले नेपालका लागि मात्रै नभइ अन्तर्राष्ट्रिय कम्युनिष्ट पार्टीहरुलाई पनि विचार दिन सक्ने गरी पार्टीलाई अघि बढाउन सक्नुपर्ने बताउनु भएको छ । अध्यक्ष प्रचण्डले यथास्थितिमा रहे विघटन र विससर्जनको खतरामा पर्ने डर रहेको बताउँदै हजारौँ शहीदहरुको सपना शाकार पार्न अन्तिम समयसम्म लडेर नयाँ चिज बनाइ छाड्ने बताउनु भएको छ । यसका लागि पार्टीलाई तल्लो तहबाटै बलियो बनाउन उहाँले नेता कार्यकर्ताहरुलाई आग्रह गर्नु भएको छ ।

नयाँ ढंगले सोचेर स्वार्थी प्रवृत्तिमाथि विजय हाँसिल गर्नु अहिलेको आवश्यकता रहेको प्रचण्डको भनाइ थियो।उहाँले गणतन्त्र स्थापनापछि पार्टीका नेता कार्यकर्ताहरुमा क्रान्तिकारी प्रवृत्ति हराउँदै गएको बताउनु भएको छ । उहाँले अहिले क्रान्तिकारी प्रवृत्ति हराएर व्यक्तिवाद हाबी हुँदै गएको र त्यसलाई परास्त गर्न सके मात्रै पार्टी सफल हुने बताउनु भएको छ । क्रान्ति र सिद्धान्तप्रति समर्पितहरुको शक्ति आफूहरु रहेकोले अहिले बिग्रन थालेको संस्कार सुधार्न आत्मसमिक्षा गर्ने र नयाँ संकल्प गर्ने आवश्यकता रहेको उहाँको भनाई छ । हालै सम्पन्न केन्द्रीय समितिको बैठकले पनि यही कुरामा जोड दिएको प्रचण्डले बताउनु भएको छ । हालसम्मका सम्पूर्ण उपलब्धीलाई धरासायी गर्ने प्रवृत्ति कम्युनिष्ट पार्टीमा देखा परे पनि त्यसविरुद्ध निर्मम संघर्ष गरेर तत्कालका लागि वियज हाँसिल गरेको उहाँको भनाई छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला