काठमाडौं । भाद्र २ गते
राष्ट्रपति कार्यालयबाट दल विभाजनसम्बन्धी अध्यादेश जारी भएसँगै एमाले माधव नेपाल समूह नयाँ दल दर्ताको प्रक्रियामा अघि बढेको छ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले दर्ता गर्ने नयाँ दलको नाम नेकपा एमाले ९समाजवादी० हुने भएको छ । आजै नयाँ दल दर्ताको प्रक्रियाका लागि नेपाल समूहका नेताहरू आन्तरिक छलफलमा छन् ।
पार्टीको अध्यक्ष नेपाल हुनेछन् भने चुनावचिह्न खुला किताब हुने एक केन्द्रीय सदस्यले बताए ।विधान र अन्य दस्तावेज यसअघि नै तयार पारिसकिएको छ । सबै सदस्यहरूको नाम, नागरिकता र हस्ताक्षर पनि तयारी अवस्थामा रहेको छ ।नेता नेपालसँग कम्तीमा ३४ सांसद र ६० केन्द्रीय सदस्य रहने बताइएको छ । २०३ सदस्यीय केन्द्रीय समिति र १२१ सदस्यीय संसदीय दल रहेको एमालेबाट २० प्रतिशत भन्दा बढी केन्द्रीय सदस्य र सांसदले नयाँ दल दर्ताका लागि हस्ताक्षर गरिसकेका छन् ।नेपाल पक्षमा विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती बिसुंखे, हिरा केसी, कृष्णकुमार श्रेष्ठ लगायत ३४ जना सांसद रहेको दाबी गरिएको छ ।