×

TUNGOON

एमालेबाट औपचारिक रुपमा अलग्गिएर नयाँ पार्टी दर्ताका लागि निवेदन दिएका नेपाललाई पुर्व प्रधानमन्त्री भट्टराई दिए बधाई


काठमाडौं । भदौ ४ गते
नेकपा एमालेबाट औपचारिक रुपमा अलग्गिएर नयाँ पार्टी दर्ताका लागि निवेदन दिएका माधवकुमार नेपाललाई जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद्का अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बधाई दिनु भएको छ।

बुधबार दल विभाजनसम्बन्धी अध्यादेश राष्ट्रपतिले प्रमाणीकरण गरेपछि नेकपा एमालेको नेपाल समूहले निर्वाचन आयोगमा नयाँ दल नेकपा एमाले (समाजवाद) दर्ताका लागि निवेदन दिएको छ। समाजिक सञ्जाल मार्फत उहाँले नेपाल नै बनाएको नेकपा एमालेलाई थोत्रिइसकेको पुरानो घरको संज्ञा दिँदै नयाँ पार्टी निर्माणमा लागेकोमा नेपाललाई बधाई दिनु भएको हो । उहाँले ट्वीटरमा नेपाललाई मेन्सन गर्दै लेख्नु भएको छ ‘पार्टीहरू फुट्नु सामान्यत राम्रो मानिन्न। तर, पुरानोको ध्वंसविना नयाँ निर्माण हुन्न।अहिलेको टुटफुट नयाँ समाजवादी ध्रुवीकरणको आधार बन्न सकोस ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला