×

TUNGOON

आज एमाले समाजवादीका अध्यक्ष नेपाल,माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड र जसपा संघीय परिषद् अध्यक्ष डा.भट्टराई एउटै मञ्चमा उभिदै


काठमाडौं । भदौ ४ गते
आज एमाले समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादीका संघीय परिषद् अध्यक्ष डा .बाबुराम भट्टराई एकसाथ एउटै मञ्चमा उभिने भएका छन् ।नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा समाजवादी केन्द्र नेपालले आयोजना गर्न लागेको ‘एक्काइशौं शताब्दीको मार्क्सवाद र समाजवाद’ विषयक अन्तर्क्रिया कार्यक्रममा तीन नेता सहभागी हुने भएका हुन् ।

अन्तर्क्रियाको प्रमुख वक्ताको रुपमा प्रचण्ड हुनुहुन्छ भने विशेष वक्ताको रुपमा नेपाल र भट्टराई रहनुभएको छ । उक्त कार्यक्रममा वामदेव घिमिरेद्वारा लिखित ‘कृषि र समाजवाद’ पुस्तकको विमोचन समेत हुने जनाइएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला