×

TUNGOON

माधवकुमार नेपालले नयाँ पार्टी खोल्नु दुखद् भएको स्थायी कमिटी सदस्य शंकर पोखरेलको भनाई


काठमाडौं । भदौ ४ गते
माधवकुमार नेपालले नयाँ पार्टी खोल्नु दुखद् भएको नेकपा (एमाले ) का स्थायी कमिटी सदस्य शंकर पोखरेलले बताउनु भएको छ । आज समाजिक सञ्जाल मार्फत बुधबार नेपालले नेकपा एमाले समाजवादी गठनका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराएकोप्रति टिप्पणी गर्दै पोखरेलले कार्यदलले तयार पारेको १० बुँदे सहमतिको बाटोबाट अघि बढ्न आफूहरू प्रतिवद्ध रहेको बताउनु भएको छ ।

उहाँले पार्टीलाई कमजोर पार्ने षडयन्त्रका विरुद्ध विचलित नभइ अघि बढ्नु सिंगो पार्टी पंक्तिको कर्तव्य भएको र सबै प्रकारका षडयन्त्रलाई सामना गरेर पार्टीलाई मुलुककै नेतृत्वकारी शक्तिका रुपमा स्थापित बनाउनु पर्ने बताउनु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला