×

TUNGOON

ओलीले ल्याएको अध्यादेश र वर्तमान सरकारले ल्याएको अध्यादेशबीच आकाश,जमिनको फरक भएको प्रचण्डको भनाई


 

काठमाडौं । भदौं ४ गते
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले र शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेशमा आकाश र जमिनको फरक रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दाबी गर्नु भएको छ ।

आज काठमाडौँमा समाजवादी केन्द्रले गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै दाहालले अहिलेको अध्यादेश गणतन्त्र र लोकतन्त्रको रक्षाका लागि आएको बताउनु भएको हो। उहाँले अहिले ल्याएको अध्यादेशको उद्देश्य गणतन्त्र, लोकतन्त्रको रक्षा गर्नु छ । दुईवटा अध्यादेशमा आकाश र जमीनको फरक रहेको जिकिर गर्नु भएको छ । उहाँले माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा एमाले (समाजवादी) पार्टी निर्वाचन आयोगमा दर्ता भएपछि मन्त्रिपरिषद्ले पूर्णता पाउने बताउनु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला