×

TUNGOON

वैचारिक ढंगबाट अगाडि बढ्न नसके आफूहरू पनि अर्को ओली बन्ने पुर्व प्रधानमन्त्री डा.भट्टराईको भनाई


काठमाडौं । भदौ ३ गते
वैचारिक ढंगबाट अगाडि बढ्न नसके आफूहरू पनि अर्को केपी ओली बन्ने जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईको भनाई रहेको छ । आज समाजवादी केन्द्र नेपालद्वारा राजधानीमा आयोजित ‘एक्काइसौं शताब्दीको मार्क्सवाद र समाजवाद’ विषयक अन्तरक्रियामा उहाँले वैचारिक दृष्टिले समाजवादको नयाँ बाटो पहिल्याउनुपर्नेमा जोड दिँदै नयाँ केपी ओली बन्नबाट बच्नुपर्ने बताउनु भएको हो ।

जनहितलाई केन्द्रबिन्दुुमा राखेर २१औं शताब्दीको मार्क्सवाद र समाजवादअनुसार कम्युनिस्ट पार्टीहरू एकजुट भएर अघि बढ्नुपर्नेमा धारणा पनि डा. भट्टराईले व्यक्त गर्नु भएको छ । उहाँले म्युनिस्टहरुका लागि अहिलेको सबैभन्दा ठूलो समस्या नै वैचारिक रूपमा समाजवादको धारणा तय गर्न नसक्नु भएको बताउनु भएको छ ।उहाँले विधि र पद्धतिमा चल्न छाडेको, महाधिवेशनबाट चुनिनुको सट्टा टीका लगाएको व्यक्तिले पार्टीको नेतृत्व गरिरहेको अवस्थाले कम्युनिस्ट पार्टी कमजोर बन्दै गएको बताउनु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला