×

TUNGOON

नेपाल र ठाकुरले प्रस्ताव गरेका पार्टीको नाम दर्ता गर्न कानुनी रुपमा नमिल्ने, नाम परिवर्तन गर्ने तयारी


काठमाडौं । साउन ४ गते
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रस्तावित नयाँ दलको नाम परिवर्तन गर्ने भएका छन् । यसका लागि निर्वाचन आयोगमा पुनस् दल दर्ताको निवेदन दिने उनको तयारी छ । नवगठित नेकपा एमाले समाजवादी र जसपा लोकतान्त्रिक पार्टी दर्ता गर्न नमिल्ने भएको छ । सर्वोच्च अदालतले फैसलाकै बेला एउटा पार्टीको नाममा अर्को विषेशण शब्द जोडेर पार्टी नामाकरण गर्न नमिल्ने भनिएकोले प्रस्तावित नाममा दर्ता गर्न नमिल्ने भएको हो ।

सरकारले अध्यादेश मार्फत २० प्रतिशत संसदीय दल र केन्द्रीय सदस्य पुर्याए पार्टी विभाजन गर्न सकिने प्रवाधान ल्याएपछि एमाले र समाजवादी पार्टी विभाजित भएका छन् ।विभाजनका क्रममा माधवकुमार नेपाल पक्षले नेकपा एमाले समाजवादी र महन्थ ठाकुर पक्षले जसपा लोकतान्त्रिक नामक पार्टी दर्ताका निर्वाचन आयोगमा निवेदन गरेका थिए । तर त्यहाँ अर्को पार्टीको नाम रहेकाले प्रस्तावित नामकै पार्टी दर्ता हुनबाट रोकिएको छ । माधव नेपाल पक्षे दर्ता गर्ने पार्टीमा एमाले र महन्थ ठाकुर पक्षले दर्ता गर्ने पार्टीमा जसपा भन्ने शब्द नभएको अवस्थामा मात्रै नयाँ पार्टी दर्ता हुनेछ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला