×

TUNGOON

नेपाल  समूहको पार्टीको नाम नेकपा (एकिकृत समाजवादी) प्रस्ताव


काठमाडौं । साउन ४ गते
एमालेबाट विभाजित भएको माधवकुमार नेपाल समूहको पार्टीको नाम नेकपा (एकिकृत समाजवादी) प्रस्ताव गरिएको छ । नेपाल समूहले यसअघि नेकपा (एमाले समाजवादी) प्रस्ताव गरेर दल दर्ताको निवेदन दिएको थियो ।तर अर्को दलसंँग मिल्दो नाम राख्न नमिल्ने भएपछि राजेन्द्र पाण्डे लगायतका नेताहरू शुक्रबार निर्वाचन आयोग पुगेर नयाँ नाम नेकपा एकिकृत समाजवादी) प्रस्ताव गरेका हुन् ।

                                                 

गत फागुन २३ गते तत्कालीन नेकपाको नामसम्बन्धि विवादमा अदालतले मिल्दोजुल्दो नाम राख्न नमिल्ने खालको फैसला गरेको थियो । त्यसैकारण तत्कालीन एमाले र माओवादी केन्द्रको एकीकरणबाट बनेको नेकपालाई नयाँ नाम तय गर्न अदालतले भनेको थियो ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला