×

TUNGOON

काबुलमा विमानस्थलमा ४ जनाको मृत्यु


काठमाडौं । भदौ ६ गते
अफगानिस्तानको राजधानी काबुलमा विमानस्थलमा भिडभाड हुँदा चारजना महिला किचिएर मरेको बताइएको छ । तालिबानको कब्जापछि शहर छोडेर भाग्न खोजेका मानिस हामिद कारजाई विमानस्थलमा भेला भइरहेका छन् । विमानस्थलको प्रवेशद्वारबाहिर सुरक्षा जोखिम रहेको भन्दै अमेरिकी दूतावासले आफ्ना नागरिकलाई विमानस्थलबाट टाढै रहन चेतावनी दिएको छ ।

हजारौं स्थानीय तथा विदेशीहरू चर्को घाममा विमानस्थलबाहिर जम्मा भएर देश छोड्न पाइने आशामा प्रतीक्षा गरिरहेका छन् । भीडको अग्रपंक्तिमा रहेका महिलाहरू किचिएर मरेको विभिन्न सञ्चारमाध्यमले खबर दिएका छन् ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला