×

TUNGOON

नेपाली कांग्रेसको क्रियाशील सदस्यता सम्बन्धी विवाद टुंगिएको दाबी


काठमाडौं । भदौ ६ गते
क्रियाशील सदस्यता सम्बन्धी विवाद टुंगिएको नेपाली कांग्रेसले दाबी गरेको छ । क्रियाशील सदस्यताको विवाद टुंगो लगाउन कृष्णप्रसाद सिटौला, मिनेन्द्र रिजाल र रमेश लेखक सम्मिलित समितिले विवाद समाधान गरेको हो ।पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसंग छलफल गरेपछि विवाद समाधान भएको समितिमा रहेका नेताहरुले बताएका छन् ।

आज साँझसम्ममा सभापति देउवालाई सहमतिको प्रतिवेदन बुझाइने छ । १४औं महाधिवेशनको तालिका प्रभावित नहुने गरी सहमति गरिएको बुझिएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला