काठमाडौं । भदौ ६ गते
आफु माधव नेपाल नेतृत्वको नयाँ पार्टीमा लागेको कुरामा कुनै सत्यता नरहेको नेकपा एमालेका नेता वामदेव गौतमलेबताउनु भएको छ। माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा गैसकेको भन्दै बाहिर समाचार आएपछि गौतमको सचिवालयले हालसम्म नेकपा एमालेमा नै रहेको प्रस्ट पारेको हो ।
लामो समयदेखि एमाले एकताका लागि भन्दै तटस्थ बसेका गौतम नेपालले नयाँ दल दर्ता गराएपछि ‘वामदेव गौतम मन्त्री बन्दै, नेपाल नेतृत्वको नयाँ पार्टीमा लागेको’ लगायतका समाचार सार्वजनिक भएपछि उनको सचिवालयले चरित्रहत्या गर्न खोजेको आरोप लगाएको छ ।