×

TUNGOON

काबुल विमानस्थल ठेलमठेलमा मर्नेको संख्या ७ पुग्यो, काबुलमा आइएसको हमला हुन सक्ने अमेरिकाको चेतावनी


काठमाडौं । भदौ ६ गते

अफगानिस्तानको राजधानी काबुलस्थित विमानस्थलमा ठेलमठेल हुँदा सातजना अफगान नागरिकको मृत्यु भएको बेलायतले जानकारी दिएको छ ।त्यस्तै अफगानिस्तानको काबुल विमानस्थलमा इस्लामिक स्टेट (आइएस)ले हमला गर्न सक्ने भन्दै अमेरिकाले आफ्ना नागरिकलाई विमानस्थलनजिक नजान चेतावनी दिएको छ।

शनिबार एक सुरक्षा सावधानी जारी गर्दै उसले आफ्ना नागरिकलाई सम्भावित आक्रमणबाट बच्न सचेत गराएको छ।उसले सम्भावित आक्रमणको विषयमा थप जानकारी भने नदिएको बिबिसीले जनाएको छ। हालसम्म आइएसले पनि सार्वजनिक रूपमा हमलाको धम्की दिएको छैन। अफगानिस्तानमा तालिवानले कब्जा जमाएपछि काबुल विमानस्थलमा अफगानिस्तान छाड्न चाहनेहरूको भिड बढिरहँदा अमेरिकाले यस्तो चेतावनी दिएको हो।यसैबीच, जर्मनी र स्विजरल्यान्डले पनि काबुल विमानस्थलमा खतरा बढेको जनाएका छन्।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला