×

TUNGOON

चाडपर्व मनाउँदा भिडभाड नगरि स्वास्थ्यको मापदण्ड पालना गर्न गृह मन्त्रालयको आग्रह


काठमाडौं । भदौ ६ गते
आगामी चैत महिना भित्रमा नेपालका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइने नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री उमेश श्रेष्ठले बताउनु भएको छ । आज भरतपुर अस्पतालद्वारा आयोजित स्वागत कार्यक्रममा बोल्दै राज्य मन्त्री श्रेष्ठले आगामी असोज महिनाभित्र ३३ प्रतिशत जनसंख्यालाई र चैत महिनाभित्र सतप्रतिशत जनसंख्यालाई कोरानोविरुद्धको खोप लगाइने बताउनु भएको हो । राज्य मन्त्री श्रेष्ठले नेपालमा सबै जनसंख्यालाई करिब ५ करोड ५० लाख खोप आवश्यक रहेकोमा ५ करोड २५ लाख खोपको सम्झौता भइसेको बताउदै नेपाल सरकारको भण्डारण क्षमता भनेको २५ लाख खोप मात्र रहेकाले खोप लगाउदै फेरि ल्याउदै गर्नु परेको बताउनु भएको छ । त्यस्तै गृह मन्त्रालयले चाडपर्व मनाउँदा भिडभाड नगरि स्वास्थ्यको मापदण्ड पालना गर्न अनुरोध गरेको छ ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले सांस्कृतिक रूपमा मनाइने पर्वलाई औपचारिकता मात्र दिन आग्रह गर्दै दैनिक आवश्यक वस्तु खरिदरबिक्री गर्दा पनि भिडभाड नगर्न आग्रह गर्नुभएको छ ।अब विभिन्न चाडपर्व तथा जात्रा नियमित आउने र यस्ता चाडपर्वमा हुने भेटघाट र भिडभाडले कोरोना भाइरस फैलाउन सक्ने भएकले सचेत हुनुपर्ने मन्त्रालयका प्रवक्ता पोखरेलले बताउनुभयो ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला