×

TUNGOON

इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनह्यामले लगातार दोस्रो जित


काठमाडौं । भदौ ७ गते
इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनह्यामले लगातार दोस्रो जित हात पारेको छ । गएराति भएको खेलमा उल्भ्सलाई १–० गोल अन्तरले पराजित गर्दै टोटेनह्यामले लगातार दोस्रो जित निकालेको हो । उल्भ्सको मैदानमा टोटेनह्यामलाई जित दिलाउन डेली अलीले निर्णायक गोल गरेका थिए ।

यस जितसँगै टोटेनह्यामले २ खेलमा ६ अंक जोडेको छ । टोटेनह्याम तालिकाको दोस्रो स्थानमा रहेको छ । टोटेनह्यामले पहिलो खेलमा म्यानचेस्टर सिटीलाई हराएको थियो ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला