×

TUNGOON

महोत्तरीको सोनमा गाउँपालिका–३, रघुनाथपुरमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा एकजनाको मृत्यु,दुईजना घाइते


काठमाडौं । भदौ ७ गते
खयरवनीबाट सम्सीतर्फ जाँदै गरेको भारतीय नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ज९प ३८५० नम्बरको मोटरसाइकल गए राति करिब ९ बजे आपसमा ठोक्किदा महोत्तरीको सोनमा गाउँपालिका–३, रघुनाथपुरमा एकजनाको मृत्यु भने दुईजना घाइते छन् ।मृत्यु हुनेमा भारतीय नम्बरको मोटरसाइकल चालक सोनमा गाउँपालिका–५ का ३० वर्षीय उदयकुमार यादव रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा जानकी हेल्थ केयरमा राति नै मृत्यु भएको हो ।घाइते भएका अर्का मोटरसाइकल चालक सोनमा गाउँपालिका–३ का २२ वर्षीय ललिन्द्र यादव र सोही मोटरसाइकलमा पछाडि सवार २७ वर्षीय दामोदर यादवको नवजीवन अस्पताल जनकपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला