×

TUNGOON

अफगानिस्तानमा जारी उद्धार अभियानमा व्यावसायिक उडान गरिने अमेरिकाको घोषणा


काठमाडौं । भदौ ७ गते
अमेरिकाले अफगानिस्तानमा जारी उद्धार अभियानमा अब व्यावसायिक उडान गरिने घोषणा गरेको छ ।उद्धार अभियानलाई थप तीव्र पार्नका लागि व्यावसायिक जहाजहरु पनि प्रयोग गरिने अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जनाएको छ ।रक्षा मन्त्रालयका अनुसार १८ विमानलाई व्यावसायिक उडानका लागि स्वीकृति प्रदान गरिएको छ ।

युनाइटेड एअरलायन्सका चार, अमेरिकन एअरलायन्स, एटलस एअर, डेल्टा एअरलायन्स र ओम्नी एअरका तीन–तीन तथा हवाइयन एअरलायन्सका दुई विमानले अब उद्धारमा व्यावसायिक उडान गर्नेछन् ।काबुल विमानस्थल बाहिर हजारौँ मानिस भिडभाड गरिरहेका छन् । अहिलेसम्म भागदौड तथा गोली लागेर कम्तीमा २० जनाको मृत्यु भइसकेको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला