×

TUNGOON

दुईदेखि लगातार झरीसँगै खसेको पहिरोले बागलुङ सदरमुकाम जोड्ने तीनवटा सडक अवरुद्ध


काठमाडौं । भदौं ८ गते
दुईदेखि लगातार झरीसँगै खसेको पहिरोले बागलुङ सदरमुकाम जोड्ने तीनवटा सडक अवरुद्ध भएका छन् । सदरमुकाम आउजाउ ठप्प भएपछि यात्रीले सास्ती खेपेका छन् । मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ–खहरे खण्डको बोक्सेमा खसेको पहिरोले सोमबार रातिदेखि नै सवारी रोकिएको प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लीमगरले बताए ।

लोकमार्ग अवरुद्ध भएपछि पश्चिम बागलुङका गलकोट, ताराखोला, बुर्तिवाङ, निसीखोला, तमानखोला र काठेखोलाका बासिन्दाले आवतजावत गर्न नपाएका हुन् । बगलुङदेखि बेनी जाने रत्नेचौरतर्फको सडक पनि पहिरोले अबरुद्ध छ । कालीगण्डकी करिडोर तथा बागलुङ कुस्मीसेरा खण्ड भने डेढ महिनादेखि नै अवरुद्ध छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला