×

TUNGOON

पार्टी स्थायी कमिटी बैठकका निर्णयहरू स्पष्ट पार्न (एमाले) अध्यक्ष ओली बोलाए विशेष पत्रकार सम्मेलन


काठमाडौं । भदौ ९ गते
पार्टी स्थायी कमिटी बैठकका निर्णयहरू स्पष्ट पार्न प्रमुख प्रतिपक्षी नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले विशेष पत्रकार सम्मेलन आह्वान गर्नु भएको छ। । पार्टी पदाधिकारी र स्थायी कमिटी सदस्यहरूको उपस्थितिमा समसामयिक विषयहरूमा प्रकाश अहिले विहान ११ बजे पत्रकार सम्मेलनको आह्वान गरिएको हो ।

च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा हुने पत्रकार सम्मेलनमा असार २७ गते भएको दसबुँदे सहमति कार्यान्वयनसम्बन्धी निर्णयबारे पत्रकारलाई जानकारी दिने तयारी रहेको छ । मंगलबार बसेको स्थायी कमिटी बैठकले दसबुँदे सहमति कार्यान्वयनको निर्णय गरेको थियो ।बैठकले केन्द्रदेखि स्थानीय तहसम्म र जनसंगठनका सबै कमिटीलाई २०७५ जेठ २ को अवस्थामा फर्काउने निर्णय गरेको थियो । हिजोको बैठकले मंसिर १० देखि १२ गतेसम्म पार्टीको दसौं महाधिवेशन र असोज ४ देखि ६ गतेसम्म विधान महाधिवेशन गर्नेसमेत निर्णय गरेको थियो।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला