×

TUNGOON

केन्द्रीय समिति बैठकबाट नेकपा माओवादी केन्द्रले गठन गर्यो ३३ वटा केन्द्रीय विभाग


काठमाडौं । भदौ ९ गते
केन्द्रीय समिति बैठकबाट नेकपा माओवादी केन्द्रले ३३ वटा केन्द्रीय विभाग गठन गरेको छ । पार्टी अध्यक्ष प्रचण्ड स्कुल विभागको इन्चार्ज रहनुहुने भएको छ भने प्रमुखमा गिरिराजमणि पोखरेललाई जिम्मा दिइएको छ ।त्यस्तै प्रचार तथा प्रकाशन विभागको प्रमुख रहने गरी प्रवक्ताको जिम्मेवारी कृष्णबहादुर महरालाई दिइएको छ भने संगठन विभाग प्रमुखमा जनार्दन शर्मा प्रभाकरलाई तोकिएको छ ।

त्यस्तै प्रदेश १ को इञ्चार्ज सुरेन्द्र कार्की , प्रदेश २ को इञ्चार्ज गणेश शाह, बागमती प्रदेशको इञ्चार्ज हितमान शाक्य, गण्डकी प्रदेशको इञ्चार्ज हितराज पाण्डे, लुम्बिनी प्रदेश इञ्चार्ज चक्रपाणी खनाल, कर्णाली प्रदेश इञ्चार्ज शक्ति बस्नेत र सुदूरपश्चिम प्रदेश इञ्चार्जको जिम्मेवारी खगराज भट्टलाई दिइएको छ ।यस्तै सहरी विकास प्रमुखमा देवेन्द्र पौडेल, वन तथा वातावरण प्रमुखमा शक्ति बस्नेत, नीति अनुसन्धान प्रमुखमा रामचन्द्र झा, निर्वाचन विभागमा खिमलाल देवकोटा, अर्थ विभागमा वर्षमान पुन प्रमुख रहेका छन् ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला