काठमाडौं । भदौ ९ गते
धनकुटा जिल्लामा स्वास्थ्य सामाग्रीमा अनियमितता गरेको आरोप सत्तारूढ गठबन्धनलाई लागेको छ ।
गठबन्धनको सरकारले सांसदको हातमा थमाई अस्पतालमा वितरण गरिनु पर्ने स्वास्थ्य सामाग्री पार्टिको नाममा वितरण गरेको हो ।
उक्त अक्सिजन,मास्क,सेनिटाइजर लगाएतका स्वास्थ्य सामाग्री नेपाली काङ्ग्रेसले धनकुटा जिल्लाको प्यासिफिक होटलमा लुकाइएको युथ फोर्सले पत्ता लहाएको हो ।
उक्त घटना थाहा पाए लगत्तै युवा संघ नेपाल र युथ फोर्सले विरोध प्रदर्शन गरेको हो ।
यदि स्वास्थ्य सामाग्री वितरण नगरिए थप कदम चाल्ने चेतावनीसमेत दिइएको छ ।