×

TUNGOON

आफूहरूसँग साविक एमालेका ६२ केन्द्रीय सदस्य र ३१ सांसद रहेको प्रेम आलेको दाबी


काठमाडौं । भदौ ९ गते
आफूहरूसँग साविक एमालेका ६२ केन्द्रीय सदस्य र ३१ सांसद रहेको माधव नेपाल अध्यक्ष रहेको नेकपा (एकीकृत समाजवादी) पार्टीका केन्द्रीय सदस्य प्रेम आलेले दाबी गर्नु भएको छ । आज सनाखतका लागि निर्वाचन आयोग पुग्नुभएका सांसद आलेले नयाँ दल दर्ताका लागि आवश्यक केन्द्रीय समिति र संसदीय दलमा २० प्रतिशत पुग्ने दाबी गर्नु भएको छ ।

प्रतिनिधि सभा र राष्ट्रिय सभामा गरेर एमालेका १५५ सांसद रहेका छन् भने २० प्रतिशतको लागि ३१ सांसदको आवश्यकता पर्छ । संसदीय दलमा २० प्रतिशत नपुगे पनि केन्द्रीय कमिटीमा मात्र २० प्रतिशत उपस्थित भए पनि माधव नेपालको पार्टीले आधिकारिकता पाउने छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला