×

TUNGOON

कसैले बार्दलीबाट गरेको हाँक अनुसार सरकार नचल्ने लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको भनाई


काठमाडौं । भदौ ९ गते
कसैले बार्दलीबाट गरेको हाँकअनुसार सरकार नचल्ने लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले बताएका छन्। प्रेस संगठन नेपाल पश्चिम नवलपरासीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री केशीले नेकपा एमालले अहिलेको सरकार गैरकानुनी भएको भन्दै गरेको टिप्पणीतर्फ संकेत गर्दै जसले असंवैधानिक, अलोकतान्त्रिक ढंगले सरकार सञ्‍चालन गरे उनीहरूले नै कानुन सिकाउनु हास्यास्पद भएको बताए।

मन्त्री केसीले एमाले आफैँले साढे ३ वर्ष सरकारको नेतृत्व गर्दा संघीयता कार्यान्वयनतर्फ ध्यान नदिएर प्रतिगमनतर्फ केन्द्रित भएको भन्दै अहिलेको सरकार पूर्णरूपमा संविधानको मर्मअनुसार सञ्‍चालन हुने बताए।प्रदेश सरकारको पहिलो प्राथमिकतामा कोरोनाविरुद्धको खोप नागरिकलाई उपलब्ध गराउने र सम्‍भावित तेस्रो भेरियन्टलाई मध्यनजर गर्दै स्वास्थ्य क्षेत्रमा आवश्यक सुधारसहित तयारी गरिएको पनि केसीले बताएका छन्।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला