×

TUNGOON

पार्टीको क्रियाशील सदस्यता वितरण विधिविधान अनुरुप वितरण नभएको कांग्रेसका नेता सिंहको भनाई


काठमाडौं । भदौ १० गते
पार्टीको क्रियाशील सदस्यता वितरण विधिविधान अनुरुप वितरण नभएको नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको भनाई छ । उहाँले पार्टी सभापति शेरबहादुर देउवाकै कारण महाधिवेशनको मुखमा आएर क्रियाशील किचलो शुरु भएको समेत आरोप लगाउनु भएको छ । प्रथम महिला नेतृ मंगलादेवी सिंहको २५ औं स्मृति दिवसको उपलक्ष्यमा नेपाल महिला संघ काठमाडौंमा आयोजन गरेको मल्यार्पण कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले यस्तो बताउनु भएको हो ।कांग्रेस क्रियाशील सदस्यको विवरण सार्वजनिक गर्नुपर्ने माग राख्दै उहाँले सभापति देउवाकै कारण पार्टीको अवस्था यस्तो भएको दाबी गर्नु भएको छ ।

क्रियाशील सदस्यता वितरणमा देउवाले ुआफ्नो मान्छेु छानेको र पार्टीको मान्छेलाई फालेको उहाँले आरोप लगाउनु भएको छ । उहाँले नेपाली कांग्रेस तानाशाहलाई ढालेर आएको पार्टी भएको स्मरण गराउँदै पार्टीभित्र कोही तानाशाह बन्न खोजे विधि विधानअनुरुप तह लगाउनेसमेत चेतावनी दिनु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला