×

TUNGOON

नेपाली कांग्रेस धनकुटाले प्रधानमन्त्री देउवालाई बुझायो ११ बुँदे माग पत्र


काठमाडौं । भदौ १० गते
नेपाली कांग्रेस धनकुटाले धनकुटालाई जिवन्तता दिनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको गम्भीर ध्यानाकर्षण गराउँदै ११ बुँदे माग पत्र बुझाएको छ । धनकुटा जिल्लालाई १ नम्वर प्रदेशको राजधानी नबनाएर धनकुटाको विकासको गति रोएिको र धनकुटामा शुन्यता छाउँदै गएकाले धनकुटालाई पुनः गुञ्जायमान बनाउँदै जिवन्तता दिनका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कांग्रेस धनकुटाको प्रतिनिधिमण्डलले प्रधानमन्त्री देउवासँग भेटघाट गरी ११ बुँदे माग पत्र बुझाएको हो ।

नेपाली कांग्रेसका सहमहामन्त्री सुनिलबहादुर थापा, आमन्त्रित केन्द्रीय सदस्य मनोहरनारायण श्रेष्ठ, जिल्ला सभापतिअग्निप्रसाद पौडेल र जिल्ला सविच विजयसन्तोषी राईले हस्ताक्षर गरेको ११ बुँदे माग पत्र देउवालाई बुझाइएको हो । प्रधानमन्त्री समक्ष धनकुटा जिल्ला अस्पताल कोशी पहाडी चार जिल्लाका बिरामीहरुको उपचार गर्ने केन्द्रका रुपमा रहेकाले विशेषज्ञ स्वास्थ्य सेवासहित यस अस्पतालको स्तरोन्नति गरी तत्काल १०० शथ्याको अस्पतालमा रुपान्तरण गर्न र धनकुटामा मेडिकल कलेज स्थापना गर्नका लागि प्रधानमन्त्री समक्ष नेपाली कांग्रेस धनकुटाले माग गरेको हो ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला