×

TUNGOON

वर्तमान सरकारले ल्याएको अध्यादेशलाई बाध्ययात्मक भएको कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको भनाई


काठमाडौं । भदौ १० गते
वर्तमान सरकारले ल्याएको अध्यादेशलाई बाध्ययात्मक भएको कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको भनाई रहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले ल्याएको अध्यादेशलाई एमाले फुटाउने षडयन्त्र भएको भन्दै आलोचना भैरहँदा सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले अध्यादेश संसदको स्थिरताका लागि ल्याइएको जिकिर गर्नु भएको छ । बुधबार निर्वाचन क्षेत्र सुनसरी पुग्नु भएका मन्त्री कार्कीले ओली सरकार स्वार्थ केन्द्रित बन्दा मुलुक अनिर्णयको बन्दी बनेको तर्फ तर्क गर्दै जारी अध्यादेश मुलुकको निकास र सम्वृद्धिका लागि भएको बताउनु भएको छ ।

मन्त्री कार्की कोशी टप्पु बन्यजन्तु आरक्ष क्षेत्रको विस्तार र स्थानीयको समस्या बुझ्न सुनसरी पुग्नु भएको थियो । मन्त्रीसँगै पुगेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षक विभागका महानिर्देशकसहितको टोलीले स्थानीयले झेल्दै आएको हात्तीसहितका जंगली जनावरको आक्रमण रोक्न आवश्यक कार्य योजना अघि बढाउने विषयमा पहल चाल्ने बताएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला