×

TUNGOON

पूर्वप्रधानमन्त्री ओलीलाई किन र कसले हटाएको भन्ने कुरा संसारका सबैलाई थाहा भएको कृष्णगोपाल श्रेष्ठको भनाई


काठमाडौं । भदौ १० गते
पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई किन र कसले हटाएको भन्ने कुरा संसारका सबैलाई थाहा भएको पूर्वमन्त्री तथा एमाले उपत्यका इञ्चार्ज कृष्णगोपाल श्रेष्ठले दाबी गर्नुभएको छ । उहाँ नेपाली इतिहासको राजनेता भएकाले हटाइएको उहाँकै भनाई छ ।नेकपा एमाले ओली समूह कीर्तिपुर नगर कमिटीले आज बिहान कीर्तिपुरमा आयोजना गरेको नगरस्तरीय छलफल कार्यक्रममा बोल्दै उहाँले उक्त कुरा बताउनुभएको हो ।

१० बुँदे सहमतिलाई स्वीकार गरेर नेपाल पक्षीय ९ जना स्थायी समिति सदस्य एमालेमा फर्केकोतर्फ लक्षित गर्दै उहाँले सहमति सुझबुझका साथ गरिएको भन्नुभयो । कीर्तिपुर एमालेमा पार्टीभित्र एकता नरहेको बारे पनि श्रेष्ठले संकेत गर्नुभएको छ । उहाँले सिङ्गो देशमा एमाले एउटा रहेको तर केही व्यक्तिका कारण कीर्तिपुरमा अर्कै प्रकारको एमाले रहँदै आएको उल्लेख गर्नुभयो ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला