×

TUNGOON

लोकतन्त्र र संविधानका विषयमा कांग्रेस खरो उत्रिनु पर्ने विमलेन्द्र निधिको भनाई


काठमाडौं । भदौ ११ गते
विमलेन्द्र निधिले कांग्रेस सभापति शेरबहादुर देउवासँग अलग हुँदै उपसभापति १४ औँ महाधिवेशनको अभियान थाल्नु भएको छ । अभियानका लागि आज औपचारिक कार्यक्रम गरी निधिले सचिवालय र सम्पर्क कार्यालय बनाउनु भएको छ । औपचारिक कार्यक्रममा निधिले सभापति देउवा र अरू नेताहरूका विषयमा कुनै टिप्पणी गर्नु भएको छ । उहाँले आफू कसैलाई हराउन सभापतिको उम्मेदवार नभएको भन्दै कांग्रेससलाई सबैको पार्टी बनाउने अभियानका लागि उम्मेदवारी दिएको बताउनु भएको छ ।

जनताको चाहना गुटबाट कांग्रेस माथि उठोस् भन्ने चाहाना रहेको भन्दै उहाँले लोकतन्त्र र संविधानका विषयमा कांग्रेस खरो उत्रिनु पर्ने बताउनु भएको छ । उहाँले संविधान लावारिस नभएको भन्दै कांग्रेसले संविधानलाई अविभावकत्व दिने ग्यारेन्टी गर्नुपर्ने बताउनु भएको छ । उहाँले विगत तीन वर्ष जनतामा निरासा फैलाउन र संघीयता र समावेशितालाई कमजोर पार्न प्रयोग भएको भन्दै संघीयता विरोधीहरूको नेतृत्वले संविधान कमजोर पार्ने प्रयत्न गरेको बताउनु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला