×

TUNGOON

प्रधानमन्त्री देउवासँग सरकारमा जाने विषयमा कुनै पनि छलफल भएको छैन –महन्थ ठाकुर


काठमाडौं । भदौ ११ गते
नवगठित लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोेसपा) ले प्रधानमन्त्री शेरबहादुर देउवासँग सरकारमा जाने विषयमा कुनै पनि छलफल नभएको जनाएको छ । लोेसपाका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी गरिरहेका बेला नवगठित सरकारमा जाने विषयमा आफ्नो पार्टीसँग कुनै छलफल नभएको प्रष्ट्याउनु भएको छ ।

आज बबरमहलस्थित आफ्नै पार्टीको केन्द्रिय कार्यालयमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले नले पार्टी दर्ता नै भर्खर भएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले सोधे मात्रै सरकारमा जाने विषयमा आफूहरुले आवश्यक निर्णय गर्ने पनि स्पष्ट पार्नु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला