×

TUNGOON

रामचन्द्र पौडेल पक्षद्वारा रिले अनसनरत जिल्ला सभापतिहरूसँग छलफल


 

काठमाडौं । भदौ १२ गते
आज नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले रिले अनसनरत जिल्ला सभापतिहरूसँग छलफल गरेको छ । आज बिहान पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा आफू निकट जिल्ला सभापतिहरूसँग पौडेल पक्षले छलफल गरेको हो । पार्टी सभापति शेरबहादुर देउवासँग भेटवार्ताबारे नेताहरुले जिल्ला सभापतिलाई बिफ्रिङ गरेका थिए । छलफलमा नुवाकोट जिल्ला सभापति जगदीश्वरनरसिंह, धादिङ सभापति रमेश धमला, काठमाडौं सभापति सबुज बानियाँल गायत थिए ।त्यस्तै महाधिवेशनबारे देखिएका व्यवहारिक कठिनाइहरुलाई सम्बोधन गर्नेबारे नेपाली कांग्रेसमा सहमति जुटेको छ ।

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच शुक्रबार साँझ बालुवाटारमा भएको छलफलमा कार्यतालिका अनुसार महाधिवेशन प्रक्रिया अगाडि बढाउने र जिल्ला सभापतिहरुको माग सम्बोधन गर्नेबारे सहमति भएको हो ।सभापति देउवासँगको सहमतिबारे ब्रिफिङ गर्न पौडेल समूह आन्तरिक छलफलमा जुटेको छ । पूर्वमहामन्त्री प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा शनिबार बिहान सुरु भएको छलफलमा पौडेल समूहका शीर्ष नेताहरुसँगै केहि जिल्ला सभापतिहरु पनि सहभागी छन् ।बैठकमा नेता पौडेल, पूर्वमहामन्त्री सिंह, पूर्वसहमहामन्त्री डा. रामशरण महत, केन्द्रीय सदस्यहरु बलबहादुर केसी, डा। मिनेन्द्र रिजाल, दिलेन्द्र बडु, डा। शेखर कोइरालालगायत छन् भने नुवाकोट जिल्ला सभापति जगदीश्वरनरसिंह केसी, धादिङ जिल्ला सभापति रमेश धमला, काठमाडौं जिल्ला सभापति सबुज बानियाँ, बर्दिया सभापति सञ्जय गौतम सहभागी छन् ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला