×

TUNGOON

अफगानिस्तानमा अमेरिकी ड्रोन हमला,आईएस(केका योजनाकार मारिए


 

काठमाडौं । भदौ १२ गते
अमेरिकाले पूर्वी अफगानिस्तानमा गरिएको ड्रोन आक्रमणमा काबुल विमानस्थलमा भएको आत्मघाती बम विष्फोटका प्रमुख योजनाकार मारिएको दाबी गरेको छ ।अमेरिकी सेनाले अफगानिस्तानमा इस्लामिक स्टेट ९आईएस० समूहका सदस्यमाथि हवाइ हमला गरेको छ।अमेरिकी अधिकारीहरूले बिहीबार काबुल एयरपोर्टमा गरिएको बम हमलाका मुख्य जोजनाकारलाई निशाना बनाएर ड्रोन आग्रमण गरिएको हो।

बिहीबार काबुल एयरपोर्ट बाहिर भएको हमलामा परि १३ अमेरिकी सैनिकका साथै १ सय ७० जनाले ज्यान गुमाइसकेका छन्।बिहीबार भएको हमलाको जिम्मा खोरसान प्रान्तको इस्लामिक स्टेट आईएसआईएस–केले जिम्मा लिएको थियो । अमेरिकाले नाङ्‍गाहार प्रान्तमा ड्रोन हमला गरेको छ। विमानस्थलमा भएको बम आक्रमणपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले घटनाका दोषीलाई खोजेर बदला लिने बताएका थिए


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला