×

TUNGOON

संगठन सुदृढीकरणमा लाग्न नेता कार्यकर्तालाई जसपाका अध्यक्ष यादवको निर्देशन


काठमाडौं । भदौ १२ गते
जसपाले मधेशको मुद्धा छोडेको भन्ने आरोप गलत भएको जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवको भनाई छ । उहाँले आफ्नो पार्टीको प्रभाव देशका सबै भुभाव हिमाल, पहाड, तराईमा देखेपछि ठाकुरपक्षले मधेशको मुद्दा हराउन थालेको भन्दै धेरै ठाउँमा भ्रम फैलाउन लागिएको बताउनु भएको छ । शुक्रबार जसपाद्धारा जनकपुरधाममा ओयोजित अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले केही विकृत मानसिकतावादी सोचले पहाडीसँग मिलिहाल्यो मधेशको मुद्दा छोडिदियो भन्ने भ्रम फैलाइएको बताउनु भएको थियो ।

उहाँले मधेशको मुद्दा राष्ट्रिय मुक्तिको सवाल भएकाले मधेशीविरुद्ध भेदभाव शोषण उत्पीडन रहेसम्म मधेशको मुद्दा एक नम्बरमै रहिरहने बताउनु भएको छ । अध्यक्ष यादवले प्रदेश सरकारका मन्त्रीका कामबारे धेरै गुनासो सुन्नुपरेको हुँदा सच्चिएर अगाडि बढ्न सुझाव दिनु भएको छ । उहाँले अब चार महिना अरु काम छाडेर संगठन सुदृढीकरणमा लाग्न नेता कार्यकर्तालाई निर्देशन समेत दिनुभएको छ । अध्यक्ष यादवले दलविहीन भइसकेको महन्थ ठाकुर पक्षको आफूहरुले उद्धार गरेको समेत बताउनु भएको छ । प्रधानमन्त्रि शेरबहादुर देउवा सँगको सल्लाहमानै आफुले अध्यायदेश ल्याउने सहमति जनाइदिएको बताउँदै ‘प्रतिगामीको मतियार बनेर दलदलमा फसेपछि महन्थ ठाकुर पक्षलाई आफूहरुले उद्धार गर्न लगाएको उहाँको भनाई थियो ।

 


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला