×

TUNGOON

विपत्तिलाई सहजतामा ल्याउन उपलब्ध स्रोत र साधनको उपयोग गरी कुनै कसुर बाँकी नराख्न गृहमन्त्री खाणको निर्देशन,बाढीपहिरोबाट ७ जनाको मृत्यु, ७ बेपत्ता


 

काठमाडौं । भदौ १२ गते
लगातारको वर्षातका कारण गएको बाढी, पहिरो र डुवानबारे सम्बन्धित क्षेत्रका सशस्त्र प्रहरी बलका अधिकारी र प्रभावित चार जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग गृहमन्त्री बालकृष्ण खाणले जानकारी लिनु भएको छ । उहाँले आज बिहान प्रदेश–१, प्रदेश–२, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सशस्त्र प्रहरी बलका प्रमुख ९डिआइजीपी०हरूसँग बाढी, पहिरो र डुवानबारे जानकारी लिनु भएको हो । गृहमन्त्री खाणले नवलपरासी पूर्वका प्रमुख जिल्ला अधिकारी माया भट्ट्राई पंगेनी, नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारी ध्रमेन्द्रकुमार मिश्र, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी आश्मान तामाङ र बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई टेलिफोन गरी वर्षातपछिको अवस्थाबारे जानकारी लिनु भएको छ । उहाँले मानिसको जीवन रक्षा र विपत्तिलाई सहजतामा ल्याउन उपलब्ध स्रोत र साधनको उपयोग गरी कुनै कसुर बाँकी नराख्नसमेत निर्देशन दिनु भएको छ ।

अहिलेसम्मको कामको प्रशंशा गर्दै अझै वर्षात जारी रहेकाले पूर्वतयारी पूर्णरुपमा गर्न गृहमन्त्री खाणले निर्देशन दिनु भएको हो । त्यस्तै लगातार परेको बर्षाका कारण पछिल्लो २४ घण्टामा देशका बिभिन्न जिल्लामा गएको बाढी पहिरोबाट ७ जनाको मृत्यु भएको छ भने ७ जना बेपत्ता भएका छन्।प्रहरीकाअनुसार मृत्यु हुनेमा नवलपरासी पश्चिममा दुई, रुपन्देही, कैलाली, दाङ, उदयपुर र ललितपुरमा एकरएक जना रहेका छन्। यस्तै बेपत्ता हुनेमा नवलपरासी पूर्वमा तीन, नवलपरासी पश्चिम, रुपन्देही, कैलाली र ललितपुरमा एकरएक जना छन्।मृत्यु हुनेमा पाँच पुरुष र दुई महिला छन्। यस्तै बेपत्ता हुनेमा पाँच महिला र दुई पुरुष छन्।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला