×

TUNGOON

नारायणघाट मुग्लिन सडक खण्ड दुईतर्फी सञ्चालनमा


काठमाडौं । भदौ १२ गते
लगातार परेको बर्षाका कारण सडक भासिएर अवरुद्ध भएको नारायणघाट मुग्लिन सडक खण्ड दुईतर्फी रुपमा नै सञ्चालनमा आएको छ । गएराति १७ किलोमा सडक भासिएपछि एकतर्फी मात्र सञ्चालन भएको सडक अहिले दुईतर्फी नै सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।लगातार पानी परेर सडक भासिएपछि सडकमाथिबाट डाइभर्सन बनाएर एकतर्फी मात्रै गाडी आवतजावत गर्दा १७ किलो आसपासको क्षेत्रमा जाम थियो ।

अहिले भने गाडीहरु गन्तव्यतर्फ लाग्न थालेकाले जाम कम भएको छ ।पूर्व(पश्चिम राजमार्गको पश्चिम नवलपरासीको दाउन्नेमा पहिरो र बर्दघाटमा नदीले कटान गरेका कारण बन्द सडक भने एकतर्फी खुलेको छ । कटान गरेको ठाउँमाथिबाट बाटो बनाएपछि अहिले एकतर्फी रुपमा गाडी सञ्चालनमा आएका जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला