×

TUNGOON

एमालेलाई षड्यन्त्रपूर्वक सरकारबाट हटाइएको एमालेका अध्यक्ष ओलीको आरोप


काठमाडौं । भदौ १२ गते
एमाले फुटेको नभइ केही विग्रिएका मान्छेहरुले छाडेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताउनु भएको छ । आज ललितपुरको लुभुमा आयोजित युवा संघको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले नव गठित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालप्रति इंगित गर्दै यस्तो बताउनु भएको हो ।

यस्तै अध्यक्ष ओलीले परमादेशबाट सरकार बनाउँदैमा क्रान्ति गरेको भ्रममा सत्तारुढ गठबन्धनका नेताहरु परेको आरोप समेत लगाउनु भएको छ । ओलीले एमालेलाई षड्यन्त्रपूर्वक सरकारबाट हटाइएको आरोप लगाउनुभएको छ । आउँदो चुनावमा सबै षड्यन्त्रको हिसाब लिने अध्यक्ष ओलीले चेतावनी दिनुभयो ।ब आउने चुनावमा एमालेबाहेक कसैलाई कुनै पनि ठाउँमा जित्न नदिने ओलीको भनाइ छ । अध्यक्ष ओलीले भन्नुभयो, ‘अब कुनै पनि निर्वाचन क्षेत्रमा अरुलाई जित्न नदिँने बताउनु भएकोछ । ओलीले माधवकुमार नेपालसहितका नेताले अर्को पार्टी गठन गर्दैमा केही फरक बताउनुभयो ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला