×

TUNGOON

निरन्तर वर्षाका कारण पहिरो जाँदा हेटौडा–काठमाडौं सडक अवरुद्ध


काठमाडौ । भदौ १३ गते
केही दिन देखि परेको निरन्तर वर्षाका कारण मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकाको थिङ्डाँडामा पहिरो जाँदा हेटौडा–काठमाडौं जोड्ने छोटो दूरीको सडक फेरि अवरुद्ध भएको छ।ईन्द्रसरोवर– ३ थिङ्डाँडामा पहिरो जाँदा अहिले उक्त सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पहिरो हटाउने क्रम जारी छ।प्रहरीका अनुसार लेदो माटोसहितको ठूलो पहिरो खसेको र वर्षा भइरेहको हुँदा पहिरो पन्छाउन समस्या भएको हो।

यसअघि शुक्रबार र शनिबार पनि भीमफेदी गाउापालिका–६ देउराली नजिकै पहिरो जाँदा सडक अवरुद्ध भएको थियो। शनिबार साँझबाट उक्त सडक संचालन भएको थियो।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला