×

TUNGOON

संसदीय दल गठन गर्न नेकपा (एकीकृत समाजवादी) को बैठक जारी


काठमाडौ । भदौ १३ गते
आज नवगठित नेकपा (एकीकृत समाजवादी) ले संसदीय दल गठन गर्न बैठक बसेको छ । राष्ट्रिय सभामा पनि दलको नेता चयन गर्ने तयारी उक्त पार्टीको छ।संघीय संसद भवन नयाँ बानेश्वरमा आज सांसदहरूसहित बैठक बसेको हो। बैठकमा बोल्दै अध्यक्ष नेपालले संसदीय दलको गठन गर्न बैठक गरिएको बताउनु भएको छ ।नेकपा (एकीकृत समाजवादी) मा ५ जना स्थायी कमिटी सदस्य छन्।अध्यक्ष नेपालले वरिष्ठ नेता झलनाथ खनाल उपचारका लागि भारतमा रहेको र उनी छिट्टै नेपाल आउने बताउनु भएको छ ।

आजको छलफलको एजेन्डा संसदीय दल गठन, त्यसका लागि विधान बनाउने र पारित गर्नेजस्ता एजेन्डा छन्।त्यसपछि दलको नेता चयन गर्ने प्रक्रिया सुरू गरिने अध्यक्ष नेपालको भनाई छ । दलका उपनेता, प्रमुख सचेतक र सचेतक चयन हुने पनि उहाँले बताउनु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला