×

TUNGOON

विभाजनको पक्षमा नलाग्न पार्टीका नेता कार्यकर्ता र जनप्रतिनिधिहरूलाई एमालेको निर्देशन


काठमाडौं । भदौं १४ गते
विभाजनको पक्षमा नलाग्न पार्टीका नेता कार्यकर्ता र जनप्रतिनिधिहरूलाई नेकपा एमालेले निर्देशन दिएको छ । गत भदौ ८ गतेको स्थायी समिति र १० गते बसेको केन्द्रीय कमिटी बैठकका निर्णयसहित जारी गरेको एमाले निर्देशनमा पार्टीको भूमिका बदलिएको र एमाले सत्तापक्षबाट प्रतिपक्षमा रुपान्तरित भएको अन्तरपार्टी निर्देशनमा उल्लेख छ ।

अन्तरपार्टी निर्देशन जारी गर्दै पार्टीभित्रका केही स्वार्थी र विभाजनकारी व्यक्तिहरूका क्रियाकलाप तथा पार्टी बाहिरका विभिन्न शक्तिरतत्त्वहरूको षडयन्त्रका कारण पार्टीले असहज स्थितिको सामना गर्नु परेकाले त्यसको सामना गर्न पार्टी अध्यक्ष ओलीले निर्देशन दिनु भएको छ । एमालेले संविधानको अपव्याख्या एवं विभिन्न स्वार्थ–समूहहरूको गठबन्धनको बलमा मुलुकमा अगाडि बढेको सामाजिक–आर्थिक रुपान्तरणको अभियानलाई अवरुद्ध गर्ने र राष्ट्रिय राजनीतिलाई पछाडि फर्काउने असंवैधानिक र अलोकतान्त्रिक प्रयास तीब्र पारिएको दावी समेत गरेको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला