×

TUNGOON

वैकल्पिक शक्तिको खोजी जारी रहेको जनता समाजवादीका संघीय परिषद् अध्यक्ष डा. भट्टराईको भनाई


काठमाडौं । भदौं १४ गते
वैकल्पिक शक्तिको खोजी जारी रहेको जनता समाजवादीका संघीय परिषद् अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले बताउनु भएको छ । आज (सोमबार) बिहान सामाजिक सञ्‍जालमार्फत आफ्नो धारणा राख्दै पुर्व प्रधानमन्त्री डा.भट्टराईले ज्ञानेन्द्र र ओली गए पनि कुर्सीको खेल जारी रहेको भन्‍दै वैकल्पिक शक्तिको खोजी पनि जारी रहेको जिकिर गर्नु भएको छ ।

 

उहाँले सामाजिक सञ्जालमा लेख्नु भएको छ र्,ज्ञानेन्द्र गए, ओली गए तर कुर्सीको खेल जारी छ , भारत, खाडी पस्ने युवाहरूको लर्को जारी छ ,कमिसनखोरको खेलो जारी छ नले भनेका छन, छिमेकीको हैकम जारी छ , जयसिंह धामीको वेपत्ता जारी छ , छाउपडी जारी छ , छोइछिटो जारी छ, मधेसी, थारू, जनजातिको पहिचानको खोजी जारी छ, श्रमिकको चुलो खाली छ, अत वैकल्पिक शक्तिको खोजी जारी छ र्, ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला