×

TUNGOON

बाटो मर्मत गरेर फोहोर व्यवस्थापन गर्ने प्रयास निरन्तर जारी रहेको विद्यासुन्दर शाक्यको भनाई


काठमाडौं ।भदौ १४ गते

काठमाडौँ महानगरपालिका लगायत उपत्यकाका सडक र चोकमा केही दिनदेखि थुप्रिएको फोहोर छिट्टै व्यवस्थापन हुने काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले प्रतिवद्धता व्यक्त गर्नु भएको छ । यसका लागि सरकारसँग समन्वय भैरहेको प्रमुख शाक्यले फोहोर व्यवस्थापनका लागि जानकारी दिनु भएको छ ।शाक्यले केही दिनदेखि वर्षाका कारण सिसडोल ल्याण्डफिल साइटसम्म जाने बाटो बिग्रिएका कारण नियमित रुपमा फोहोर व्यवस्थापनमा केही कठिनाइ भैरहेको पनि जानकारी दिनु भएको छ । उहाँले छिट्टै फोहोर व्यवस्थापन गरी सफा काठमाडौँ बनाउँने प्रतिवद्धता व्यक्त गरे। ‘

वर्षाका कारण विग्रिएको सिसडोलसम्म जाने बाटो बनाउन केही समय लाग्ने भएकाले तत्काल केही दिनका लागि घर वा कार्यालयमा उत्पादन भएको फोहोर जथाभावी सडकमा नमिल्काउन र कुहिने र नकुहिने फोहोर छुट्याएर सकेसम्म सहरलाई दुर्गन्ध कम गर्ने प्रयासमा लाग्न सम्पूर्ण महानगरवासिलाई आग्रह गर्नु भएको छ । अहिलेसम्म हामीले लामो समय फोहोर नथुप्रिने गरी व्यवस्थापन गर्दै आएको बताउँदै उहाँले फोहोर व्यवस्थापनका लागि सक्दो प्रयास गरिरहेको बताउनु भएको छ । उहाँले बाटो मर्मत गरेर फोहोर व्यवस्थापन गर्ने प्रयास निरन्तर जारी राखेको जिकिर गर्नु भएको छ


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला