×

TUNGOON

एमालेमा फुटाएको नभएर विद्रोह गरेको झलनाथ खानालको भनाई


काठमाडौ । भदौ १४ गते
एमालेमा फुटाएको नभएर विद्रोह गरेको नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खानालले बताउनु भएको छ । भारतमा मिर्गौला प्रत्यारोपण गरेर फर्किएका पूर्व प्रधानमन्त्री झलनाथ खनालले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै यस्तो बताउनु भएको हो । ुनवौं महाधिवेशनमा अहंकारी गुटले नेतृत्व कब्जा गरेका कारणले पार्टीमा चीरा परेको खनालको आरोप छ ।

ओलीको पार्टी भनेको दक्षिणपन्थी अवसरवाद, फुटवादको प्रतिक हो,त्यसैले हामीले त्यसका विरुद्ध विद्रोह गर्नुपरेको र हाम्रो रगत र पसिनाले बनाएको पार्टी भए पनि ओलीले एमालेलाई दक्षिणपन्थी भासमा पुर्‍याएको आरोप लगाउनु भएको छ ।सो पार्टीका अध्यक्ष माधवकुमार नेपालसहित दलका नेता तथा भ्रातृ संगठनका नेताहरुले खनाललाई स्वागत गरेका थिए । विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै खनालले ७० वर्ष पार गरिसकेकाले कार्यकारी पदमा नबस्ने जानकारी गराउनु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला