काठमाडौ । भदौ १४ गते
एमाले ‘दक्षिणपन्थी भासमा भासिएको नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले आरोप लगाउनु भएको छ । उपचार गराएर फर्किएका वरिष्ठ नेता झलनाथ खनाललाई स्वागत गर्न त्रिभुवन विमानस्थल पुग्नु भएका अध्यक्ष नेपालले ओलीका कारण एमाले दक्षिणपन्थी बाटोमा गएको बताउनु भएको छ ।अब आफू नेतृत्वको पार्टीले कम्युनिस्ट आन्दोलनको नेतृत्व गर्ने उहाँको दाबी छ ।
उहाँले ओलीले लगातार मनपरी गर्न थालेपछि आफूहरू अलग हुनुपरेको बताउनु भएको छ ।