×

TUNGOON

मौसममा सामान्य सुधार, केही स्थानमा भने बर्षाको सम्भावना


काठमाडौं। भदौ १५ गते
आज बिहानदेखि नै देशभरको मौसममा सामान्य सुधार आएको छ। चार दिनको झरी पश्चात सोमबारबाट मौसममा केही आउन थालेकामा आज थप सुधार भएको छ।नेपालको तराई भूभागमा केन्द्रित मनसुनको न्यूनचापीय रेखा दक्षिणतिर सरेसँगै नेपालमा मौसममा सुधार आएको हो।यद्यपि, बर्खायाम भएकाले वर्षाको सम्भावना कायमै रहने पनि तत्काल झरीको सम्भावना टरेको मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ।

आज दिउँसो मुलुकका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने सुदूरपश्चिमका एकदुई स्थानमा मेघ गर्जन,चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यस्तै आज राति बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

 


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला