काठमाडौं। भदौ १५ गते
अफगानिस्तानबाट आफ्नो सम्पूर्ण फौज फिर्ता गरी दुई दशक लामो अफगान युद्ध समाप्त गरेको सयुक्त राज्य अमेरिकाले जनाएको छ । अमेरिकाले तोकिएको समय सीमा अनुसार नै अगस्ट ३१ का दिन आफ्नो अन्तिम सैनिक टोलीले काबुल छोडेको अमेरिकी सेनाले जनाएको छ । तालिबानले अफगानिस्तानमा नियन्त्रण कायम गरेसँगै अमेरिकाले आफ्नो अभियान अन्त्य गरेको हो ।अमेरिकाले आफ्नो इतिहासमा सबैभन्दा लामो युद्ध अन्त्य भएको जनाएको हो ।
सन् २००१ मा अल कायदाले गरेको आतंककारी आक्रमणपछि अमेरिकाले अफगानिस्तानमा सैन्य अभियान सुरु गरेको थियो । उसलाई नेटो अन्तर्गतका सहयोगी राष्ट्रहरुले साथ दिएका थिए ।योसँगै सन् २००१ देखि अफगानिस्तानमा अमेरिकाले सुरु गरेको सैन्य अभियानको अन्त्य भएको छ । यस्तै विगत दुई हप्तादेखि काबुलबाट भइरहेको उद्धार कार्य पनि अन्त्य भएको अमेरिकाले उल्लेख गरेको छ ।